काठमाडौं । एमाले अध्यक्ष केपी शर्माओली लाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालत मा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज बहस हुँदैछ।
राधिका शाक्यको तर्फबाट आइतबार उक्त रिट दायर गरिएको हो। रिटमा ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको जिकिर गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेल का अनुसार रिट दर्ता प्रक्रियामा रहेको छ। रिटमा गौरी बहादुर कार्की जाँचबुझ आयोग को प्रतिवेदनको सिफारिसका आधारमा मात्रै पक्राउ गर्नु कानूनसम्मत नभएको तर्क प्रस्तुत गरिएको छ।
कुनै पनि छानबिन निकायको प्रतिवेदनकै भरमा व्यक्तिलाई सिधै पक्राउ गर्ने प्रक्रिया वैधानिक नहुने उल्लेख गर्दै ओलीको थुनामुक्तिको माग गरिएको छ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा ओलीसहित पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो।