काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
३५ वर्षीय शाहले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरिसकेका छन्।
शुरुमा रास्वपा सभापति रवि लामिछानेले १८ सदस्यीय क्याबिनेट बनाउने सुझाएका थिए, तर बालेनले आफूसहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेका हुन्।
हालसम्म यस सूची राष्ट्रपतिका कार्यालयमा पेश गरिएको छैन।
यस्ताे बन्दै छ बालेन मन्त्रिपरिषद्
१. बालेन शाह – प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. सुदन गुरुङ – गृहमन्त्री
५. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल – पर्यटन मन्त्री
७. अमरेश सिंह – उद्योग मन्त्री
८. सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल – शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. सीता वादी- महिला बालबालिका
१३. सोबिता गौतम- कानुन मन्त्री
१४. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री