शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

संसदीय दलको नेता चयन गर्न रास्वपा केन्द्रीय समिति बैठक बस्दै

बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुने तय भएको छ।

बैठकमा संसदीय दलको नेता छनोटसहित विविध एजेण्डामा छलफल हुने जनाइएको छ। सोही बैठकपछि संसदीय दलको बैठक पनि बस्ने कार्यसूची रहेको छ।

यसअघि गत पुस १३ गते बालेन शाह र पार्टी सभापति रवि लामिछाने बीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिको बुँदा नं. ४ अनुसार लामिछाने पार्टी सभापति रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख गरिएको थियो।

पार्टीका सचिवालय सदस्य गणेश पराजुली का अनुसार सोही सहमति बमोजिम आज बस्ने संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गर्ने तयारी गरिएको छ।

यसैबीच, नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज सिंहदरबारस्थित संसद भवनमा हुने कार्यक्रम छ। रास्वपाले बहुमत प्राप्त गरेको अवस्थामा संविधानको धारा ७६(१) अनुसार बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा जानकारी गराइने बताइएको छ।

शुक्रबार बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको समेत स्रोतले जनाएको छ।