काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ।
बैठक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा अनुसार नतिजा नपाएपछि बोलाइएको हो। निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेको विषयमा सभापति गगन थापाले दिएको राजीनामा प्रस्तावमाथि बैठकमा विशेष छलफल हुनेछ।
बैठकमा निर्वाचन परिणामको प्रारम्भिक समीक्षा, हारका कारणको विश्लेषण, पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने उपायहरूबारे पनि विचार-विमर्श गरिने बताइएको छ।