काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर २८ सय ७७ दशमलव शुन्य तीन अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ६३ अंकले बढेर चार सय ९४ दशमलव १९ अंकमा चढेको छ । तीन सय ४२ वटा कम्पनीहरुको एक लाख ९१ हजार दुई सय ५१ पटकको कारोबारमा पाँच करोड ६९ लाख २० हजार छ सय आठ कित्ता शेयर किनबेच भएको छ भने आज कुल कारोबार रकम २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार आठ सय ८६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४६ दशमलव ६९ अंकले बढेर १५ सय २२ दशमलव ८९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८७ दशमलव ८५ अंकले बढेर तीन हजार नौं सय छ दशमलव ३२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ६७ दशमलव २९ अंकले बढेर १३ हजार छ सय ४३ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय सात दशमलव ४३ अंकले बढेर ११ हजार छ सय ७७ दशमलव ७८ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा नेपाल लाईफको समृद्धि योजनाले सबैभन्दा बढी गुमाएको छ । न्यादी ग्रुप पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।