काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २६ दशमलव सात अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १३ दशमलव ५१ अंकले बढेर २८ सय १२ दशमलव ३४ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले बढेर चार सय ८२ दशमलव ५६ अंकमा चढेको छ । तीन सय ४० वटा कम्पनीहरुको एक लाख छ हजार एक सय ४० पटकको कारोबारमा तीन करोड ४८ लाख ५२ हजार सात सय ६० कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १२ अर्ब तीन करोड ४४ लाख छ हजार तीन सय २८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुदा छ वटा समुहले कमाएका छन् भने बाँकीले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ४२ अंकले बढेर १४ सय ७६ दशमलव १९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५९ दशमलव ९८ अंकले बढेर तीन हजार आठ सय १८ दशमलव ४७ अंकमा पुगेको छ । बिकास बैंक, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । जीवन बीमा समुहको सुचक भने ४२ दशमलव ५६ अंकले घटेर १३ हजार दुई सय ७५ दशमलव ७८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ६४ अंकले घटेर ११ हजार चार सय ७० दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने एनआईसी एशिया ग्रोथ फण्ड २ ले सबैभन्दा बढी गुमाएको छ । रिडी हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।