काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन एक सय ६२ दशमलव ९३ अंकले बढेको नेप्से आज मंगलबार ३२ दशमलव शुन्य आठ अंकले घटेर २८ सय ४३ दशमलव ३५ अंकमा पुगेको छभने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४० अंकले घटेर चार सय ८९ दशमलव ६९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको दुई लाख पाँच हजार छ सय ११ पटकको कारोबारमा पाँच करोड २७ लाख ११ हजार तीन सय ५३ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम २१ अर्ब ५० करोड २० लाख ३१ हजार तीन सय २० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जीवन बीमा समुहको सुचक ७० दशमलव ४६ अंकले बढेर १३ हजार सात सय ३० दशमलव ९१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ६५ अंकले बढेको छ ।सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १९ दशमलव १२ अंकले घटेर १४ सय ८२ दशमलव २५ अंकमा पुगेको छ भने बिकास बैक समुहको सुचक पनि ७१ दशमलव ५६ अंकले घटेर छ हजार ६१ दशमलव ५७ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५५ दशमलव ७४ अंकले घटेर तीन हजार सात सय ६४ दशमलव ९५ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।