बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपा विजयी

सोमबार, फाल्गुन २५ २०८२

 भैरहवा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा (एमाले) ले एक निर्वाचन क्षेत्रमा जित हात पारेका छन्।

रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। रुपन्देही–१ बाट सुनिल लम्साल, रुपन्देही–२ बाट सुलभ खरेल, रुपन्देही–३ बाट डा. लेखजंग थापा, रुपन्देही–४ बाट कन्हैया बनियाँ र रुपन्देही–५ बाट तौफिक अहमद खान विजयी भएका हुन्।

त्यसैगरी पश्चिम नवलपरासी–१ बाट विक्रम खनाल र पश्चिम नवलपरासी–२ बाट नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्। कपिलवस्तु–१ बाट मोहनलाल आचार्य र कपिलवस्तु–२ बाट विक्रमसिंह थापा विजयी भएका छन् भने कपिलवस्तु–३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।

दाङ–१ बाट देवराज पाठक, दाङ–२ बाट विपीनकुमार आचार्य र दाङ–३ बाट कमल सुवेदी विजयी भएका छन्। गुल्मी–१ बाट सागर ढकाल र गुल्मी–२ बाट गोविन्द पन्थी निर्वाचित भएका छन्।

त्यस्तै बर्दिया–१ बाट ठाकुरसिंह थारु र बर्दिया–२ बाट श्रीधर पोखरेल विजयी भएका छन्। बाँके–१ बाट सुरेशकुमार चौधरी र बाँके–३ बाट खगेन्द्र सुनार निर्वाचित भएका छन् भने बाँके–२ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई विजयी भएका छन्।

रुकुम पूर्वबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पाबाट वर्षमान पुन निर्वाचित भएका छन्।

प्यूठानबाट रास्वपाका सुशान्त बैदिक विजयी भएका छन्। पाल्पा–१ बाट नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा–२ बाट रास्वपाका माधवबहादुर थापा निर्वाचित भएका छन्। अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन्।