काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन बुझेकी छन् ।
आयोगका प्रमुख गौरीबहादुर कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर केहीबेरअघि प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै सीमित स्रोत–साधनका कारण आयोगको म्याद पटक–पटक थप्नुपरे पनि प्रतिवेदनले घटनाबारे स्पष्ट निष्कर्ष प्रस्तुत गरेको विश्वास व्यक्त गरिन् ।
उनले सुरक्षा र गोपनीयताका कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगरिने संकेत गरिन्। यद्यपि प्रतिवेदनको निचोड भने सार्वजनिक गरिने उनले बताइन् ।