बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

आइतबार, फाल्गुन २४ २०८२

ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन्।

निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन्। त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ मत प्राप्त गरेका छन्।

ललितपुर–२ मा कुल ८९ हजार ८२ मतदाता रहेका थिए। यसमध्ये ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेका थिए। यस क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल २३ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए।