शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गोरखाको पालुङ्टार नगरपालिकाभर शान्तिपूर्ण मतदान, वडा नंं ६ को वीरभद्र आधारभूतमा पनि सम्पन्न

बिहिबार, फाल्गुन २१ २०८२

कमल कालाखेती, गोरखा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।

गोरखा जिल्लाको पालुङ्टार नगरपालिकास्थित वडा नंं ६ मा रहेको वीरभद्र आधारभूत विद्यालय, त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय लगायतका मतदान केन्द्रहरूमा पनि शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ ।

सधैँजसो मतदानस्थलमा शान्तिपूर्ण ढङ्गलाई नै मतदान हुने भएकाले यस वर्ष पनि कुनै धाँदली, कुनै पनि गैरकानुनी हिसाबले कुनै कार्यमा संलग्न भएको छैन ।

आजसम्म यस बुथहरूमा कहिले पनि धाँदली र गैर कागजी रूपमा मतदान गर्नलाई कसैले बल प्रयोग नगरेको र अहिले पनि स्वत, स्फुर्त रुपमा आफ्ना कागजात अन्सार नै मतदान कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरि पालुङ्टार नगरपालिकाका सम्पुर्ण मतदानस्थलमा शान्तिपूर्ण ढङ्गले नै मतदान भएको छ ।

दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् ।

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

१४३ अस्थायी मतदानस्थल तय भएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।