काठमाडौं । पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीबाट बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको छ।
प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोलीले बरहनियार चोकमा नियमित चेकजाँचका क्रममा बा१०च १२५० नम्बरको रातो कार जाँच गर्दा चार पोका शङ्कास्पद वस्तु फेला पारेको जनाएको छ। प्रारम्भिक जाँचअनुसार ती वस्तु विस्फोटक पदार्थ हुनसक्ने आशंका गरिएको छ।
घटनापछि उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गाडी नेपाली सेनाको नियन्त्रणमा राखिएको छ भने सम्बन्धित व्यक्तिहरू प्रहरीको निगरानीमा रहेका छन्।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ र विस्तृत विवरण आउन बाँकी रहेको छ।