काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १० दशमलव ३० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि छ दशमलव शुन्य तीन अंकले बढेर २६ सय ५४ दशमलव ९३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले बढेर चार सय ५६ दशमलव ५१ अंकमा चढेको छ । तीन सय ३५ वटा कम्पनीहरुको ४४ हजार दुई सय चार पटकको कारोबारमा एक करोड ५३ हजार एक सय ४५ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब १७ करोड ४६ लाख ३० हजार पाँच सय १५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक घटेपनि बाँकी नौं वटा समुहहरुको सुचक बढेको छ । सो मध्ये होटल तथा पर्यटन समुहको सुचक १२ दशमलव २५ अंकले घटेर सात हजार दुई सय २३ दशमलव ८४ अंकमा झरेको छ भने उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ८० अंकले बढेर १३ सय ७० दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक दशमलव ८६ अंकले बढेर ३४ सय ८५ दशमलव ७२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि चार दशमलव ५६ अंकले बढेर १२ हजार आठ सय ३७ दशमलव ३१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १९ दशमलव ४० अंकले बढेर १० हजार नौं सय ८२ दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा १० प्रतिशत नबिल बैंक ऋणपत्र २०८२ ले सबै भन्दा बढी गुमाएको छ । अपी पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।