शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनचाँदीको भाउ बढ्यो, कति पुग्याे आज ?

बिहिबार, फाल्गुन १४ २०८२

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्य बढेको छ।

बुधबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँले वृद्धि भई प्रतितोला ३,१५,४०० नेपाली रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला ३,१४,८०० नेपाली रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ५,७१५ नेपाली रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ५,७२५ नेपाली रूपैयाँमा पुगेको छ। यसले अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँको वृद्धिलाई संकेत गर्छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,१९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुन–चाँदीको मूल्य वृद्धिले घरेलु बजारमा सुनचाँदी व्यवसायी तथा लगानीकर्ताको चासो बढाएको छ।