शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

६ महिनामा विकास बैंकले कमाए तीन अर्ब ४४ करोड नाफा

बुधबार, फाल्गुन १३ २०८२

काठमाडौं । बिकास बैंकहरुको खुद मुनाफा बढेको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेप बढेर अधिक तरलताको अवस्था रहेको भएपनि नयाँ कर्जा प्रवाह बढ्न सकेको छैन । यो अवस्थामा राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा बिद्यमान रहेको अधिक तरलताको समस्यालाई वान्छित सिमामा कायम राख्नको लागि अल्पकालीन तथा दिर्घकालीन प्रकृतिका मौद्रिक उपकरण जारी गरेर अधिक तरलता खिचिरहेको छ । यो अवस्थामा बैंकिङ क्षेत्र निकै नैं दवाबमा रहेको छ । एकातिर बैंकहरुको सञ्चालन गर्च बढ्नु र अर्कोतर्फ कर्जा प्रवाह हुन नसक्दा खुद व्याज आम्दानीमा संकुचन आईरहेको छ । यो अवस्थामा पनि बैंकहरुलाई शेयरधनीहरुलाई लाभाँश वितरण गर्नुपर्ने दवावमा रहेका छन् । यही अवस्थामा पनि बिकास बैंकहरुले खुद मुनाफा बढाउन सफल भएका छन् ।

बिकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १५ वटा बिकास बैंकहरुले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा तीन अर्ब ४४ करोड ४६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको यस्तो नाफा दुई अर्ब ५५ करोड रुपैंयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नै बिकास बैंकहरु मध्येमा क्षेत्रियस्तरको सिन्धु, नारायणी र सालपा बिकास बैंकले खुद नोक्सानी बेहोरेपनि अन्यको नाफा भने सन्तोषजनक देखिएको छ । यस अवधिमा कामना सेवा बिकास बैंकले ३९ करोड ४५ लाख ५० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा मितेरी डेभलपमेन्ट बैंकले पाँच करोड सात लाख पाँच हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । साँग्रिला, लुम्बिनी र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः ३० करोड २५ लाख ९७ हजार, २८ करोड ५३ लाख ७७ हजार र दुई करोड ६८ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । मुक्तिनाथ, ग्रिन र गरिमा बिकास बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः ६७ करोड २० लाख ४० हजार, एक करोड १० लाख दुई हजार र ६३ करोड ५१ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

चालु आवको दोस्रो त्रैमासमा महालक्ष्मी, कर्पोेरेट, शाईन रेसुंगा र ज्योति बिकास बैंकले पनि क्रमशः ३० करोड ५९ लाख ३१ हजार, एक करोड ४९ लाख ४२ हजार, ४० करोड ४२ लाख ८० हजार र ३१ करोड १२ लाख ७१ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा नारायणी, सिन्धु र सालपा बिकास बैंकले भने क्रमशः चार करोड ७३ लाख ४७ हजार, एक करोड ५४ लाख ६८ हजार र एक करोड चार लाख एक हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् ।