काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन दुई दशमलव ४१ अंकले बढेको नेप्से आज मंगलबार २१ दशमलव ६२ अंकले बढेर २६ सय ३८ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले बढेर चार सय ५३ दशमलव ३७ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ४९ हजार ९३ पटकको कारोबारमा ९३ लाख ६४ हजार नौं सय ३८ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब २३ करोड २४ लाख सात हजार छ सय १३ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १२ अंकले बढेर १३ सय ५८ दशमलव ६८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव ६८ अंकले बढेर ३४ सय ७० दशमलव २५ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव ८५ अंकले बढेर १२ हजार छ सय छ दशमलव ९३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव २४ अंकले बढेर १० हजार आठ सय ४१ दशमलव ७४ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा नेपाल एसबिआई बैंकले सबैभन्दा बढी गुमाएको छ । एसवाई प्यानल नेपाल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।