झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले विधिको शासन स्थापना र सुशासन प्रवर्द्धनलाई आफ्नो पार्टीको प्रमुख एजेन्डा बनाएको बताएका छन् ।
झापाको चन्द्रगढीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको मार्गतर्फ अघि बढाउन नसकिने स्पष्ट पारे। जनचाहनाअनुसार राज्यसत्ता सञ्चालन गर्नु नै पार्टीको मूल नीति रहेको उनको भनाइ थियो।
अध्यक्ष लामिछानेले जनतालाई सर्वोपरि ठान्दै उनीहरूको समस्या समाधान गर्नु नै पार्टीको पहिलो प्राथमिकता भएको उल्लेख गरे। संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उनले जनअपेक्षाअनुरूप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतमार्फत मूल्यांकन गर्ने बताए ।
उनले विधिको शासन सुदृढ गर्दै पारदर्शिता, जवाफदेहिता र जनहितमुखी नीति कार्यान्वयनमार्फत देशलाई स्थिरता र समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।