शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लक्ष्मी हुण्डाईद्धारा उपभोक्तामाथि चरम शोषण

सर्भिसिङको नाउँमा करोडौं असुली, सरकारका उच्च अधिकारीसमेतलाई हिस्सा

बिहिबार, फाल्गुन ७ २०८२

काठमाडौं । नेपालमा हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी हुण्डाईले उपभोक्तामाथि चरम आर्थिक शोषण गरेको आरोप लागेको छ । कम्पनीले सुरुवाती समयमा बिभिन्न स्किम ल्याएर ग्राहकहरुलाई गाडी किन्न प्रोत्साहित गर्ने र पछि गाडी किनिसकेपछि स्किममा उपलब्ध गराउने भनेको अल्पकालीन तथा दिर्घकालीन किसिमको कुनैं पनि सुविधा नदिने गरेको नाम उल्लेख नगर्ने सर्तमा पीडित ग्राहकहरुले बताएका छन् ।

लक्ष्मी ग्रुपका आजाद र अञ्जन श्रेष्ठले राजनीतिक तथा प्रशासनिक पहुँच बनाएर आम उपभोक्तामाथि चरम आर्थिक शोषण गरिरहँदा पनि सरकार भने यसमा मुखदर्शन बनेर बसेको आरोप पनि पीडितहरुले लगाएका छन् । सुरुमा गाडी किनेपछि यति पटक फ्रि सर्भिसिङ दिने भन्छ, तर सर्भिसिङ गर्न जाँदा प्रत्येक पटक २० देखि २२ हजार रुपैंयाँसम्म लिईन्छ । यसरी पैसा लिएर गरिने सर्भिस कसरी फ्रि सर्भिस हुन्छ, ति ग्राहकको प्रश्न छ। ग्राहकका अनुसार लक्ष्मी हुण्डाईले यसरी ग्राहकसंग लिएको पैसा सरकारी निकायका उच्च अधिकारीहरुलाई समेत बुझाउने गरेका छन् । सोही आधारमा सरकारका प्रमुखहरु लक्ष्मी हुण्डाईको यो कार्यप्रति मुखदर्शक बनेर बसेका हुन, ग्राहक भन्छन् ।

यसरी ठगीका पुलिन्दा चलाएका अन्जन श्रेष्ठले आगामी दिनमा नेपाल उद्योग बाँणिज्य महासंघको नेतृत्व सम्हाल्ने कुरा छ, यो कसरी सम्भव छ, एउटा राम्रो भाषण समेत गर्न नसक्ने श्रेष्ठले महासंघको नेतृत्व सम्हाल्दा अन्तराष्ट्रिय क्षेत्रमा नेपाल उद्योग बाँणिज्य महासंघलाई हेर्ने दृष्टिकोण के हुन्छ, ति ग्राहक भन्छन् । आफ्नो पारिवारिक सम्पतीको व्यवस्थापन समेत गर्न नसक्दा झण्डै फुटमा संघारमा पुगेको लक्ष्मी हुण्डाईका अञ्जन श्रेष्ठले कसरी नेपाल उद्योग बाँणिज्य महासंघलाई सही दिशा दिन सक्छन ? ति ग्राहकको प्रश्न छ ।