बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

२० अंकले घट्यो, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन आठ दशमलव १६ अंकले घटेको नेप्से आज मंगलबार पनि २० दशमलव ७५ अंकले घटेर २६ सय ४२ दशमलव १५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९९ अंकले घटेर चार सय ५२ दशमलव ६७ अंकमा पुगेको छ । तीन सय ५४ वटा कम्पनीहरुको ८३ हजार ७५ पटकको कारोबारमा दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर किनबेच भएका छन् भने कुल कुल कारोबार रकम आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार पाँच सय ५५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष र व्यापार समुहको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १७ अंकले घटेर १३ सय ५७ दशमलव ७९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५८ दशमलव १४ अंकले घटेर ३४ सय ९८ दशमलव १७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय तीन दशमलव ७१ अंकले घटेर १२ हजार पाँच सय ९७ दशमलव ३७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव २६ अंकले घटेर नौं हजार ८३ दशमलव ८४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा सुपरमाई हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । रिडी हाईड्रोपावर कम्पनी लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।