शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ (तस्वीरसहित)

मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो । बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो ।

रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएकाे थियाे। जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलाे ४ हजार, पहेंलाे २५ सय, हरियाे ११ सय, गुलाबि ५५१,सेताे कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएकाे छ ।