बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा सुधार, झण्डै नौं अंकले बढ्दा ११ अर्ब १० करोडको शेयर किनबेच

बिहिबार, माघ २९ २०८२

काठमाडौं । नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार आठ दशमलव ९७ अंकले बढेर २६ सय ७१ दशमलव शुन्य सात अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५१ अंकले बढेर चार सय ५६ दशमलव ७२ अंकमा चढेको छ । तीन सय ३७ वटा कम्पनीहरुको एक लाख छ हजार १८ पटकको कारोबारमा दुई करोड ७७ लाख ८० हजार पाँच सय ८४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब १० करोड २५ लाख ५० हजार नौं सय ६६ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले गुमाएपनि बाँकी समुहहरुले कमाएका छन् । ति मध्ये होटल तथा पर्यटन समुहको सुचक एक सय २१ दशमलव ३४ अंकले घटेर सात हजार दुई सय १४ दशमलव ४५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव २७ अंकले घटेर १० हजार नौं सय ८९ दशमलव ७८ अंकमा पुगेको छ । लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि अघटेका छन् । बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७५ अंकले बढेर १३ सय ६४ दशमलव ७२ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ६६ दशमलव ८० अंकले बढेर पाँच हजार छ सय ९६ दशमलव ७७ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव २२ अंकले बढेर १२ हजार सात सय ५९ दशमलव १४ अंकमा पुगेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन्।

नेप्सेमा आज मध्यभोटेकोशी जलबिद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा कालिञ्चोक दर्शन लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।