झापा । नेकपा (एमाले)का अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेदवार केपी शर्मा ओलीले आज गौरादह क्षेत्रमा ११ स्थानमा आयोजना गरिएका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
पार्टीको गौरादह नगर कमिटीका अनुसार बिहान ११ बजे चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ।
कार्यतालिकाअनुसार ११ः४५ बजे पेट्रोलपम्प, १२ः३० बजे डिठा चौक र १ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ। त्यसपछि १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम हुनेछ।
यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा भेटघाट कार्यक्रम तय गरिएको छ। अपरान्ह ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारी टोलमा कार्यक्रम रहने गौरादह नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिएका छन्।
भेटघाटका क्रममा अध्यक्ष ओलीले मतदाताका समस्या सुन्नुका साथै सम्बोधन गर्ने प्रतिबद्धता जनाउने कार्यक्रम छ। साक्षात्कारका अवसरमा मतदाताले स्थानीय भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी समस्या प्राथमिकताका साथ उठाउने गरेका छन्।