शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

फागुन २१ प्रतिनिधिसभा निर्वाचन, १ करोड ७९ लाखभन्दा बढी मतदाता

मंगलबार, माघ २० २०८२

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ–आफ्ना निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा सक्रिय भएका छन् भने घोषणापत्र तयारीमा पनि व्यस्त छन्।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकले निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनेछन्। आयोगको विवरणअनुसार फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाता सहभागी हुन योग्य रहेका छन्।

निर्वाचन आयोगले ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या सार्वजनिक गरेको छ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन र निर्वाचन सुरक्षासम्बन्धी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।