शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्व सिमसार दिवसका अवसरमा राप्ती नदीमा छाडियो घडियाल गोही

सोमबार, माघ १९ २०८२

बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा बाँकेको राप्ती गाउँपालिका वडा नम्बर १ कुसुम स्थित राप्ती नदीमा आज विश्व सिमसार दिवसका अवसरमा ५ वटा घडियाल गोही छाडिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट घडियालका पाँचवटा बच्चालाई ल्याएर बाँकेको राप्ती नदीमा आज छाडिएको हो ।

प्रत्येक वर्ष विश्वसंसार दिवसकै अवसरमा घडियाल र मगर जातिका गोहीहरू उक्त नदीमा छाडिने गरिन्छ ।

बाँके राष्ट्रिय निकुञ्जका निकुञ्ज प्रमुख वीरेन्द्र कंडेलका अनुसार नदीमा छाडिएका दुई प्रजातिका गोहीको अनुगमन र संरक्षण पनि गर्ने गरिन्छ ।