मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नर्स कर्मचारी मात्र होइनन्

सोमबार, माघ १९ २०८२

हरेक संरचनालाइ स्पष्ट आकार दिन इन्जिनियरको आवश्यकता हुन्छ अझ जनताको दैनिकीमा चाहिने पुल, सडक, भवन वा विमानस्थल निर्माण र संचालनमा इन्जिनियरको भुमिका अझ महत्वपुर्ण हुन्छ।त्यस्तै 
जब कुरा मानव जीवनको जन्म, बिरामी हुदाको रेखदेखको कुरा हुन्छ, त्यहाँ सेतो एप्रोनमा खटिने इन्जिनियरहरू नर्स (सिस्टर) दिदी–बहिनीहरू उपस्थित हुनुहुन्छ,उहाहरु स्वास्थ्य सेवा बितरण प्रणालीका मौन, तर ड्राइभिंग इन्जिनियर हुनुहुन्छ।

आज माघ १५ गते नेपालका नर्सहरुले मनाउने नेपालीको नर्सिङ दिवस  ।आधुनिक नर्सिङकी प्रणेता फ्लोरेन्स नाइटिंगेलको जन्मजयन्ती मे १२ मा मनाइने बिश्व नर्सिंग दिवस भन्दा फरक।हुन त नेपालका नर्सहरूको योगदान कुनै दिवस, औपचारिक कार्यक्रम वा शुभकामनामा मात्र सीमित छैन। उहाहरूको सेवा दिनरात, आपत्काल, महामारी, दुर्घटना, प्रसूति कक्ष, क्ष्ऋग्, एम्बुलेन्स र गाउँबस्तीको हरेक कुनासम्म फैलिएको छ।

केहि महिना अगाडी बाजुरामा रमा थापाको टिमले लगातार ५ घन्टा ऋएच् दिएर नवजात शिशु बचाएको प्रसंग र सोहि समय आसपास एउटा राजनीतिक दलका सम्मानित नेता भाषण गर्दै गर्दा अकस्मात हृदयघात भइ ढल्दा ऋएच् नपाइ मृत्युबरण गरेको प्रसंगले नेपालमा नर्सको जीवन बचाउने भुमिका प्रत्यक्ष र छर्लककग देखिन्छ। इन्जिनियरिङको मूल दर्शन समस्या पहिचान, समाधान डिजाइन र निरन्तर सुधार हो। यही दर्शन नर्सिङ पेशामा प्रत्यक्ष रूपमा लागू हुने रैछन।
डाक्टरले रोग पत्ता लगाउने र उपचारको खाका बनाउँछन्। त्यसलाइ व्यवहारमा उतार्ने, घण्टा–घण्टामा बिरामीको अवस्था निगरानी गर्ने, जोखिम मूल्यांकन गर्ने र जीवनलाई स्थिरतामा फर्काउने रोगमुक्त शरीर बनाउने काम नर्सले गर्छन्।

त्यस अर्थमा नेपालका नर्सहरू बिरामीको जीवन प्रणाली डिजाइन गर्ने, उपचार प्रक्रियामा गुणस्तरीय काम गर्ने र बिरामी तथा परिवारको डर, आशा र विश्वासलाई सन्तुलनमा राख्ने स्वास्थ्य इन्जिनियर हुनुहुन्छ।नर्स बिना नेपाल स्वास्थ्य सेवा बितरण प्रणाली परिकल्पना पनी गर्न सकिदैन ।

हाम्रो यथार्थ ः जिम्मेवारी धेरै नेपालमा नर्सहरूको भूमिका अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि फराकिलो छ।कहिले रक्तदान कार्यक्रम सञ्चालन गर्दै, कहिले ऋएच् गरेर ज्यान फर्काउँदै, कहिले एम्बुलेन्स नपुग्दा बाटोमै सुत्केरी सेवा दिँदै, त कहिले महामारीमा आफ्नै परिवारबाट टाढा रहेर ड्युटीमा खटिँदै नर्सहरू स्वास्थ्य सेवाको पहिलो र अन्तिम दुवै पङ्क्तिमा उभिएका छन्। कोभिड–१९ महामारीका दिनहरूमा एएभ् को अभाव, लामो ड्युटी र गहिरो मानसिक तनावका बीच पनि नर्सहरू अस्पताल जनधन रक्षा निम्ती खटिनैरहनुभयो।

धेरै नर्सहरूले संक्रमण, थकान र मनोवैज्ञानिक आघात बोक्नुभयो, तर त्यो पीडा आज न नीति निर्माणमा रुपान्तरण भयो न यसले नर्सिग दिदिबहिनीका तमाम बेथितीहरु हल गर्यो। इन्जिनियर र व्यस्थापकको हैसियतले हेर्दा, नेपालको स्वास्थ्य बितरण प्रणालीको सबैभन्दा ठूलो कमजोरी मानव स्रोत व्यवस्थापनको गलत डिजाइन हो।नर्स–बिरामी,चिकित्सक नर्स , चिकित्सक बिरामी अनुपात अव्यवस्थित छ।पारिश्रमिक र श्रमको उचित सम्मान छैन
अस्पतालहरुमा श्रम शोषण सामान्यजस्तै बनेको छ।करार, अस्थायी र असुरक्षित रोजगारीले पेशागत भविष्य अनिश्चित र अन्धकार बनाएको छ।मानसिक स्वास्थ्यमा जटिलता थपेको छ।

यी स्वास्थ्य सेवा बितरण प्रणालीको डिजाइन त्रुटि हुन्।यसले नर्सहरुलाइ कमजोरी मात्र होइन सेवाभावको नाममा नर्सलाई चुप बस्न बाध्य पार्ने संस्कृतिले समग्र स्वास्थ्य प्रणालीलाई नै अस्वस्थ बनाइरहेको छ।

नर्स अस्पतालका कर्मचारी मात्र होइनन्।जिम्मेवारी बाहिरका उनीहरू बिरामी परिवारका काउन्सिलर हुन्, गाउँ–समुदायका स्वास्थ्य शिक्षक हुन्, आमा र शिशुका जीवन संरक्षक हुन् र समाजका मौन परिवर्तनकर्ता हुन्।जब कुनै बिरामी र उहाहरुको परिवार रोग को डर, अन्योल र पीडासहित अस्पतालमा पुग्छ, रोगको निदानात्मक चिकत्सहरुले गरेतापनी त्यो डरलाई पहिलो पटक सम्बोधन गर्ने अनुहार प्रायः नर्सहरु हुन्छ।स्वास्थ्य टिमको एउटा महत्वपुर्ण र बलियो खम्बा नर्सहरु बिशेष भ्mभचनभलअथ र बिरामी भर्ना हुने वार्डहरुमा बिशेष भुमिका हुन्छ।

स्वास्थ्य विकास भनेको भवन, उपकरण र डिजिटल प्रणाली मात्र होइन।यदि नर्सहरूको अनुभव नीति निर्माण तहसम्म पुग्दैन भने, त्यो अधुरो रहन्छ। नर्सहरूको व्यावहारिक अनुभवलाई नीति निर्माणमा संस्थागत रूपमा समेट्ने व्यवस्था,कार्यस्थलमा सुरक्षा, सीप, तालिम र करियर प्रगतिको स्पष्ट खाका,सम्मानजनक पारिश्रमिकसहित श्रम अधिकारको सुनिश्चितता अत्यआवश्यक छ।

नेपालमा मात्र मनाइने नेपाल नर्सिङ दिवसको अवसरमा हामी सम्पुर्ण नर्सिङ दिदीबहिनीहरूमा, नेपालको स्वास्थ्य भविष्य निर्माण गर्ने इन्जिनियरहरुमा यहाहरुको योगदान, सेवा र स्वास्थ्य क्षेत्रमा यहाहरुले हरुले निभाउनुभएको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै नेपाल नर्सिङ दिवसको हार्दिक सम्मान र शुभकामना ब्यक्त गर्दछौ।