शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चुनावी दाबी सुन्दा सबैले एकल सरकार बनाइसकेझैँ देखिन्छ: गोकुल बास्कोटा

शनिबार, माघ १७ २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान चुनावी माहोल र राजनीतिक दलहरूको दाबीप्रति व्यंग्य गरेका छन् । उनले अहिलेका चुनावी चर्चा र सिट अनुमान सुन्दा सबै दलले जितिसकेर एकल सरकारसमेत बनाइसकेको जस्तो देखिने टिप्पणी गरे ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा पढ्दा कोही पनि दोस्रो हुन नचाहेको र सबै आफू विजयी भएको दाबी गरिरहेको उल्लेख गरे। उनले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’

तर वास्तविक परिणाम मतदाताको मनमा निर्भर रहने उल्लेख गर्दै बास्कोटाले अन्तिम नतिजा समयमै सार्वजनिक हुने बताए । ‘खास कुरा मतदाताको मनमा के छ भन्ने हो । परिणाम त त्यही प्रकट हुन्छ,’ उनको भनाइ छ ।

चुनावका बेला हुने होहल्ला, झुटा प्रचार र आरोप–प्रत्यारोपलाई सामान्य राजनीतिक अभ्यासको रूपमा उल्लेख गर्दै नेता बास्कोटाले यस्ता गतिविधि युरोप र अमेरिकामा समेत देखिने भएकाले नेपालका लागि यो कुनै असामान्य कुरा नभएको टिप्पणी गरेका छन् ।