शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपा अध्यक्ष लिङ्देनले गरे आफूविरुद्ध फैलाइएका भ्रमको खण्डन

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल एक्स मार्फत अध्यक्ष लिङ्देनले लेखेका छन्, “मैले दलित समुदायसँग सम्बन्धित विषयमा कहिल्यै बोलिनँ र कल्पनासम्म नगरेको कुरा सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ।”

उहाँले थप भनेका छन्, “यस कार्यमा संलग्नहरूले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने जानकारी गराउँछु। भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।”

पहिले सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले दलित समुदायलाई मन्दिर प्रवेश गर्न दिनुहुँदैन भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको थियो, जसलाई उनले स्पष्ट रूपमा खण्डन गर्नुभएको हो।