काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँगै अछाम पुगेका चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।
अछामस्थित भ्रमणका क्रममा नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला आज बिहान अचानक बिरामी परेपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले पत्रकारलाई सिटौलालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिएका छन्।
बालेनको चुनावी अभियान टोलीले आजै कर्णाली प्रदेश, दैलेख जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गर्ने कार्यतालिका रहेको छ।