काठमाडौँ । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि ९० रनको फराकिलो जित हात पारेको छ।
यसअघि नै महिला विश्वकपका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो। त्यसमा कप्तान निगर सुल्तानाले अर्धशतक खेल्दै ५६ रन, शोभना मोस्तारीले ४७ रन र जुअरिया फरडोसले २२ रन जोडिन्।
कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०१ रन बनाउन सक्यो। उसलाई सस्तैमा समेट्न बङ्गलादेशकी मारुफा अख्तरले ३ विकेट र सोरना अख्तरले २ विकेट लिए।