शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रेशमलाल चौधरीको उम्मेदवारी खारेज रिटकाे सुनुवाइका लागि पेसी तोकियो

बिहिबार, माघ १५ २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सो निर्णयविरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।

चौधरीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको हो।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाएको थियो।

चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गरिएको थियो।