शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

बिहिबार, माघ १५ २०८२

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार होटलभित्रको डान्स क्लबमा आगो लागेको हो।

आगलागी नियन्त्रण गर्न चारवटा दमकल, स्थानीय जनप्रतिनिधि र प्रहरी परिचालन गरिएको छ। अहिलेसम्म आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन र थप विवरणहरू प्राप्त हुन बाँकी छन्।