शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण

मंगलबार, माघ १३ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको आज बिहान स्थलगत निरीक्षण गरेकी छन्।

प्रधानमन्त्री कार्की नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग क्षेत्रमा पुगेर आयोजनाको प्रगति अवलोकन गरेकी हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले द्रुतमार्ग निर्माणको हालसम्मको अवस्थाबारे जानकारी लिँदै कामलाई अझ तीव्र गतिमा अघि बढाउन निर्देशन दिइन्। उनले राष्ट्रिय महत्वको यस आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले द्रुतमार्ग निर्माणले काठमाडौं र तराईबीचको यात्रा सहज र छिटो बनाउने उल्लेख गर्दै आयोजनाको गुणस्तर र समयसीमामा विशेष ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिन् ।