काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन ५७ दशमलव ५५ अंकले बढेको नेप्से आज सोमबार तीन दशमलव शुन्य सात अंकले घटेर २७ सय ६९ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ६५ अंकले घटेर चार सय ७१ दशमलव ८३ अंकमा झरेको छ । तीन सय ३२ वटा कम्पनीहरुको एक लाख ४७ हजार छ सय ७६ पटकको कारोबारमा तीन करोड ६२ लाख ६४ हजार आठ सय ७३ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार चार सय ६६ रुपैैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक एक सय २७ दशमलव ६८ अंकले बढेर सात हजार सात सय ५५ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ११ दशमलव शुन्य चार अंकले बढेर ३६ सय दुई दशमलव ४७ अंकमा चढेको छ । उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज दुई दशमलव ३६ अंकले घटेर १४ सय १४ दशमलव २१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि तीन दशमलव ७८ अंकले घटेर पाँच हजार नौं सय ७९ दशमलव ४२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७१ दशमलव ८६ अंकले घटेर १३ हजार चार सय २५ दशमलव ३८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ३३ अंकले घटेर ११ हजार चार सय एक दशमलव शुन्य छ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज एसवाई प्यानल नेपाल लिमिटेडले सबैभन्दा बढी कमाउँदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन पावर पार्टनर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।