शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संघीय मामिला मन्त्रालयद्वारा निर्वाचन आचारसंहिता लागू गर्न पत्राचार

सोमबार, माघ १२ २०८२

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न पत्राचार गरेको छ।

मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलका अनुसार निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आफ्नो क्षेत्रभित्र लागू गराउन पत्राचार गरिएको हो।

सरकारले पुस १२ गतेको नेपाल राजपत्रमार्फत आचारसंहिता सार्वजनिक गरेको थियो। आयोगले अर्को सूचना जारी नभएसम्म यही आचारसंहिता लागू हुने जनाएको छ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यो आचारसंहिता लागू गरिएको हो।

मन्त्रालयले आवश्यक जानकारी तथा कार्यान्वयनका लागि सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गरी आचारसंहिता पालनामा ध्यानाकर्षण गराएको छ। यस आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ र दफा ५५ सम्बन्धी प्रावधानहरू लागू हुनेछन्।