काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाने कार्यक्रम रहेको छ ।
थापाको सचिवालयका अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत सिमरा हुँदै सर्लाही पुग्ने छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापा सर्लाही–४ बाट उम्मेदवार रहेका छन्। वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका थापा उम्मेदवारीपछि आज पहिलो पटक आफ्नै निर्वाचन क्षेत्रमा जान लागेका हुन्।
सर्लाही पुगेपछि उनले बागमती पुलस्थित कर्मैयामा राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।