शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पश्चिमी वायुको आंशिक प्रभाव कायमै

सोमबार, माघ १२ २०८२

काठमाडाैं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिनेछ भने अन्य अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।

यी प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा छिटफुट वर्षाको सम्भावना रहेको छ। यस्तै, तराईका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लागिरहने अनुमान गरिएको छ।

दिउँसोको समयमा देशका हिमाली क्षेत्रहरूमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम प्रायः खुला रहने मौसमविद्हरूले बताएका छन्।