शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

यस्ताे छ राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम

सोमबार, माघ १२ २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहेका सदस्य पदका लागि सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार राष्ट्रियसभामा रिक्त रहेका १८ सदस्य पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको हो । निर्वाचनपछि मतगणना सम्पन्न गर्दै आयोगले सम्बन्धित उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् ।

आयोगले निर्वाचित सदस्यहरूको विवरणसहितको परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ ।