शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काभ्रेमा दर्जनाैं युवा एमाले प्रवेश

आइतबार, माघ ११ २०८२

काभ्रे । काभ्रे जिल्लाको तेमाल र रोशी क्षेत्रका थुप्रै युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य तथा काभ्रे–१ का प्रतिनिधिसभा उम्मेदवार अमित लामाले नवप्रवेशी युवाहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य राकेश लामा, तेमालका युवा नेता सत्यमान लामा तथा युवा संघ नेपाल काभ्रेका उपाध्यक्ष रुपक रायमाझीको पनि उपस्थिति रहेको थियो।