शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उम्मेदवारी फिर्ता लिएका डा. भट्टराईले भने : देशले आवश्यक ठानेको व्यक्तिलाई निर्वाचनमा सघाउँछु

शुक्रबार, माघ ९ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । आज आफ्ना निकट नेताहरूसँग भएको छलफलपछि उनले उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेकाे बताएका छन् ।

भिडियाे सन्देशमा आफ्ना भनाइ राख्दै भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।

डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्तासम्बन्धी औपचारिक प्रक्रिया छिट्टै अघि बढाइने बताइएको छ ।

उनको यो निर्णयसँगै गोरखा–२ को चुनावी समीकरणमा फेरि नयाँ मोड आउने देखिएको छ ।