शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ताप्लेजुङकाे पाथिभरा पुगे बालेन

शुक्रबार, माघ ९ २०८२

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले ताप्लेजुङस्थित पाथिभरा मन्दिर पुगेर पूजा–अर्चना गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर माताको दर्शन गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका शाह हाल चुनावी अभियानका क्रममा पूर्वी नेपालमा रहेका छन्। यही क्रममा उनले अभियानमा संलग्न प्रतिनिधिहरूसहित पाथिभरा मन्दिरमा पूजा गरेकाे बताइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बालेन शाह झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।