काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन नौं दशमलव ४३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार नौं दशमलव २३ अंकले बढेर २७ सय १४ दशमलव ६१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४७ अंकले घटेर चार सय ६५ दशमलव ४२ अंकमा पुगेको छ । तीन सय ३२ वटा कम्पनीहरुको ९४ हजार एक सय ७४ पटकको कारोबारमा एक करोड ९० लाख ७५ हजार सात सय ५६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब सात करोड ३९ लाख ७८ हजार ९८ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहले गुमाएका छन् भने बाँकी समुहले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३४ अंकले घटेर १३ सय ९१ दशमलव ६६ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने ८७ दशमलव ६६ अंकले बढेर पाँच हजार आठ सय ८४ दशमलव १२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३० दशमलव १२ अंकले बढेर ३४ सय ९५ दशमलव ४४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ९२ अंकले बढेर १३ हजार दुई सय २८ दशमलव ५७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २६ दशमलव ७६ अंकले बढेर ११ हजार एक सय ९९ दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज एसवाई प्यानल नेपाल लिमिटेडले सबैभन्दा बढी कमाउँदा कालिका पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । आखुखोला जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।