शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘अल्गोरिदममार्फत सत्ता कब्जा गर्ने शक्तिबाट लोकतन्त्र जोगाउन सजग हुनुपर्छ’ : महेश बस्नेत

बुधबार, माघ ७ २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान निर्वाचनमा देश बनाउने एजेन्डाभन्दा देशलाई कमजोर बनाउने योजनासहित केही पात्रहरू सक्रिय रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू राजनीतिमा देखिएको उल्लेख गरे । उनका अनुसार ती शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्ने उद्देश्यले नभई अल्गोरिदमको खरिद–बिक्रीमार्फत सत्ता कब्जा गर्ने लक्ष्यसहित राजनीतिमा प्रवेश गरेका हुन् ।

बस्नेतले त्यस्ता शक्तिहरूका ‘साइबर फ्याक्ट्री’बाट निस्कने आवाजहरू जनताको वास्तविक आवाज नभएको दाबी गरेका छन्। भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने प्रयास खतरनाक भएको भन्दै त्यसलाई समयमै चिन्न आवश्यक रहेको उनको भनाइ छ ।

“हामी सजग हुनुपर्छ । अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनु आजको मुख्य चुनौती हो,” बस्नेतले लेखेका छन् ।