शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बुधबार, माघ ७ २०८२

काठमाडौं । सरकारले पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै रिक्त उपसचिव पदमा कार्यक्षमताका आधारमा बढुवा सिफारिस गरिएको जानकारी दिएको हो ।

सूचनाअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत विभिन्न उपसमूहका शाखा अधिकृतहरू बढुवाका लागि सिफारिस भएका छन् । जसमा स्यानिटरी उपसमूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना, वि. एण्ड आर्क. उपसमूह अन्तर्गत एक जना तथा इरिगेसन उपसमूह अन्तर्गत दुई जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका हुन् ।

बढुवाका लागि सिफारिस हुनेहरूमा आरती श्रेष्ठ, प्रकाश न्यौपाने, सुरेन्द्र बैद्य, निशा बैदार र जमुना परियार रहेका छन् ।