बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमी वायुको आंशिक प्रभाव जारी, तराईमा हुस्सु र कुहिरोको सम्भावना

बुधबार, माघ ७ २०८२

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ ।

हुस्सु र कुहिरोका कारण तराईका विभिन्न विमानस्थलमा दृश्यता घट्न सक्ने भएकाले हवाई सेवामा ढिलाइ तथा उडान अवरोध हुनसक्ने महाशाखाले चेतावनी दिएको छ । साथै, लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।