४२ अंकले बढ्दा ११ अर्ब ८५ करोड रुपैंंयाँ भन्दा बढीको शेयर कारोबार
काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से ४२ दशमलव २६ अंकले बढेर २७ सय १४ दशमलव ८१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८२ अंकले बढेर चार सय ६७ दशमलव २५ अंकमा चढेको छ । तीन सय ३९ वटा कम्पनीहरुको एक लाख १५ हजार एक सय ८१ पटकको कारोबारमा दुई करोड ५१ लाख ८५ हजार छ सय ४७ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ११ अर्ब ८५ करोड ४२ लाख एक हजार ७० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव १५ अंकले बढेर १३ सय ९८ दशमलव २६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ६० अंकले बढेर ३४ सय ६६ दशमलव ४७ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव १४ अंकले बढेर १३ हजार दुई सय ७२ दशमलव ५३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८२ दशमलव शुन्य दुई अंकले बढेर ११ हजार दुई सय छ दशमलव ६७ अंकमा चढेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज गोर्खाज फाइर््नान्सले सबैभन्दा बढी कमाउँदा सिद्धार्थ बैंंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।