काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले आफ्नो मनोनयन दर्ता गराएका हुन्। यसअघि उनले जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट प्राप्त गरेका थिए। उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै साहले परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए ।
यो क्षेत्रलाई राष्ट्रिय राजनीतिको केन्द्र बनाएको झापा–५ मा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग साहको प्रत्यक्ष प्रतिस्पर्धा पक्का देखिएको छ। दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेका छन् ।
साह हालै काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय रूपमा फर्किएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बन्ने अनुमान गरिएको छ।