काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सुरकुहिरो रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहने अनुमान छ ।
त्यसैगरी आज राति पनि तराईका केही स्थानमा हुस्सु देखिन सक्ने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने तथा अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।