काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ५ बाट ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाका अनुसार पार्टी केन्द्रले क्षेत्र नं ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पोखरेल यसअघि पनि प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन् ।
अध्यक्ष निरौलाले काठमाडौँ क्षेत्र नं ४ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको नाम टुङ्गो लागेको जानकारी दिए। निर्णयअनुसार काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाल, क्षेत्र नं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाइने भएको छ ।