शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल प्रहरीका आठ डीआईजीको सरुवा, को कहाँ ?

सोमबार, माघ ५ २०८२

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले विभिन्न निकाय तथा प्रदेश प्रहरी कार्यालयमा उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो।

सरुवा हुने डीआईजीहरूमा अरुण पौडेल, जयराज सापकोटा, दिनेशकुमार आचार्य र दिपक रेग्मी रहेका छन्। यस्तै, दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधवप्रसाद श्रेष्ठ र राजेन्द्रप्रसाद भट्टको पनि सरुवा गरिएको छ।

सरुवाअनुसार अरुण पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, जयराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, दिनेशकुमार आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र दिपक रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा खटाइएको छ।

त्यसैगरी दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा, माधवप्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र राजेन्द्रप्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।