शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

समानुपातिकतर्फ ८९ लाख १७ हजार मतपत्र छपाई सकियाे

सोमबार, माघ ५ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको ८९ लाख १७ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई कार्य जारी छ। पछिल्लो २४ घण्टामा मात्र १३ लाख १४ हजार थान मतपत्र छपाई गरिएको हो। आयोगले कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाई गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत कुल मतदाता सङ्ख्याभन्दा केही प्रतिशत बढी मतपत्र छपाई गरिने जनाएको छ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार अब एक करोड १९ लाख १३ हजार थान मतपत्र छपाई हुन बाँकी छ। यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरका मतपत्र प्याकिङ भइसकेका छन् भने अब १४ हजार ४२० बाकस बराबरका मतपत्र प्याकिङ गर्न बाँकी रहेको छ।

जनक शिक्षा सामग्री केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र नमूना स्वरूपमा आयोगमा पठाइसकेको जनाएको छ।